|

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश १‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। तराईका भू–भागमा भने हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मौसम बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसमविद सजिना शाक्यले जानकारी दिइन्।

यस्तै‚ राति पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बांकी भू–भागहरुमा आंशिक बदली रहनेछ। उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद शाक्यले जानकारी दिइन्।

आइतबार बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.