|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ५ हजार २९२ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १६ हजार ८८ जनामा गरिएको परीक्षणमा ५ हजार २९२ जना संक्रमित थपिएका हुन्। त्यस्तै, आज थप ८ जना संक्रमितको मृत्यु भएको छ। 

मन्त्रालयको विवरणअनुसार आज ८ हजार १९१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ७९ हजार २७२ जना सक्रिय संक्रमित छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.