|

काठमाडाैं : नेकपा एमालेका उपत्यकाका तीन जिल्ला अध्यक्षहरूले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन्।

तीन जिल्ला अध्यक्षहरूकाे साेमबार बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनु अगावै आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात् गर्दै यथाशक्य छिटो निर्वाचनको मिति घोषणा गर्न बैठकले माग गरेको तीन अध्यक्षहरूले विज्ञप्ति जारी गरी जनाएका छन्।

काठमाडौंका अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य तथा भक्तपुरका अध्यक्ष बचन देउजाकाे बैठकले कुनै पनि बहानामा निर्वाचन सार्ने काम सरकारले गरे त्यो असंवैधानिक, गैरकानुनी र अराजनीतिक ठहर्ने निष्कर्ष पनि निकालेको छ।

बैठकले हराएकाे भनिएकाे काेराेनाविरुद्धकाे २४ लाख डाेज खाेपकाे तत्काल छानबिन गरी दाेषीमाथि कारबाही गर्न पनि माग गरेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.