|
फाइल फोटो

काठमाडौं : पश्चिमी वायुको प्रभावले आज प्रदेश १, मधेश‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलवार बिहान हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको छ तथा बुधबार राती बाट यसको प्रभाव बढ्ने सम्भावना देखिन्छ।

मंगलवार बिहान हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु/ कुहिरो लागेको छ। दिउँसो प्रदेश १, मधेश‚ बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा  हल्का हिमपातको संभावना रहेको छ।

मंगलवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसा १५ देखि १६ डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.