|

काठमाडौं : काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि २ सय ३१ जना कर्मचारी मागेको छ।

महानगरले आज एक सूचना प्रकाशित गर्दै करारमा २१ जना सुपरीवेक्षक र २१० जना गणक मागेको हो। १८ वर्ष पुगेर ४० वर्ष ननाघेका इच्छुक व्यक्तिलाई सात दिनभित्र दरखास्त दिन भनिएको छ। 

आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली (लिंक) मार्फत दिन सकिने छ। भौतिक आवेदनहरू भने मान्य नहुने जनाइएको छ। आवेदन फाराम भर्दा कुनै शुल्क लाग्ने छैन। प्रणाली मार्फत प्राप्त भएका आवेदनहरू स्वीकृत पश्चात् व्यक्तिको इमेलमार्फत सीप परीक्षणका लागि जानकारी गराइने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.