|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका यही माघभित्र सार्वजनिक गर्ने जनाएको छ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले कोरोना संक्रमण मध्यनजर गरी तालिका सार्वजनिक गर्ने जानकारी दिए।

आगामी वैशाखमा भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।

‘अहिले नै परीक्षा तालिका सार्वजनिक गर्ने तयारी छैन, कोरोना संक्रमणको जोखिम पनि कायमै छ, यो महिनाभित्र भने तालिका सार्वजनिक गर्छौँ,’ उनले भने।

बोर्डका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई दिने छन्। प्रश्नपत्र नयाँ छाप्ने वा पुरानो प्रयोग गर्ने बोर्डले केही खुलाउन चाहेको छैन।

आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएपछि २०७७ सालमा छापिएको प्रश्नपत्र प्रयोगमा आएको छैन। 

कोभिड–१९ महामारी फैलिएपछि २०७६ र २०७७ सालका एसइईको नतिजा आन्तरिक मूल्यांकनका आधारमा प्रकाशित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.