|

बझाङ : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बझाङले प्रदर्शन गरेको छ।

कोरोनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै अनेरास्ववियू बझाङले राँकोसहित प्रदर्शन गरेको हो।

सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै आज बुधबार अनेरास्ववियू बझाङ राँकेजुलुस सहित सडकमा उत्रिएको हो।

कोरोनाका कारण दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महँगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको अनेरास्ववियुका बझाङ जिल्ला संयोजक दिलबहादुर खातीले बताए।

सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको अनेरास्ववियुका बझाङ जिल्ला सहसंयोजक पुष्कर दौल्यालले बताए।

मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। साथै भोलि जिल्ला प्रशासन कार्यालय बझाङ अगाडि धर्ना दिने कार्यक्रम रहेको समेत अनेरास्ववियुले जनाएको छ।

बझाङको सदरमुकाम चैनपुरमा भएको प्रदर्शनमा सहभागीले, जनता मार्न पाइँदैन, भ्रष्टाचारी सरकार राजीनामा दे, हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ, सरकार तेरो पाराले दुःख पाए साराले जस्ता नारा लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.