सरकारले गरेका यी हुन् ६७ काम (पूर्णपाठसहित)

|

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्।

आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनेको एक सय दिनमा सरकारले गरेको उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका हुन्।

पाण्डेको नेतृत्वमा गत कात्तिक ११ गते गठबन्धन नेतृत्वको सरकार बनेको थियो। प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सहभागी छ।

मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा बनेको गठबन्धन सरकारले एक सय दिनमा गरेको कामलाई ६७ बुँदामा उल्लेख गरेका छन्।

पाण्डेले सार्वजनिक गरेको उपलब्धिमा मन्त्रालय विभाजन, सार्वजनिक बिदादेखि नि:शुल्क रक्तसञ्चारसम्मलाई उल्लेख गरिएको छ। पाण्डेले सार्वजनिक गरेको उपलब्धिको पहिलो बुँदामा नै प्रदेश सरकारको आर्थिक रूपान्तरण गर्न, नागरिकलाई सरल र सहज गुणस्तरीय सेवा पदन मन्त्रालय वृद्वि गरेको कुरा उल्लेख गरिएको छ।

त्यस्तैगरी, बुँदा नम्बर ३४ मा मकवानपुर, चितवन र धादिङको चेपाङको राष्ट्रिय पर्व न्वागीमा सार्वजनिक बिदा दिने निर्णय गरिएको कुरा उल्लेख छ। आफूहरुले चेपाङ समुदायलाई सम्मान गरेर प्रदेश सरकारमा पनि सहभागी गराएको भन्दै मुख्यमन्त्री पाण्डेले सो समुदायको सम्मानको लागि दिएको बिदा पनि आफूहरुको उपलब्धि भएको बताए।

बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको कार्यलाई पनि प्रदेश सरकारको उपलब्धिमा राखिएको छ। विगतमा जस्तोसुकै योजनालाई पनि बहुवर्षीय योजनाको रुपमा राख्ने गरेकाले आफूहरुले त्यसलाई व्यवस्थित बनाउन मापदण्ड तय गरेको मुख्यमन्त्री पाण्डेको भनाइ छ।

त्यस्तैगरी, प्रदेश सरकारको प्रशासकीय भवनको लागि जग्गा पहिचान समिति गठन, कोभिड–१९ व्यवस्थापन प्रदेश निर्देशक समिति गठन, रासायनिक मल कारखाना स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको कुरा उल्लेख गरिएको छ।

पाण्डेले आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशको स्थायी बासिन्दालाई नि:शुल्क रक्तसञ्चार उपलब्ध गराउने सरकारको निर्णयलाई पनि महत्वपूर्ण उपलब्धि मानेका छन्।

त्यस्तैगरी, प्रदेशको एकसय १९ वटा स्थानीय तहबाट एक जनाको दरले दलित, अल्पसंख्यक, लोपोन्मुख र सीमान्तकृत जातिका विद्यार्थीलाई उच्चा माध्यमिक तहको प्राविधिक विषय र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने महिलालाई छात्रवृत्ति प्रदान गर्ने कार्य पनि सरकारले सुरु गरेको पाण्डेले जनाएका छन्।

मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले बागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडालाई विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रणाली कार्यान्वयनको लागिसमेत आवश्यक प्रक्रिया अघि बढाएको जनाएका छन्। 

पूर्णपाठ :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.