|

जनकपुरधाम : मधेश प्रदेश अर्थात् मिथिलाञ्चलमा यो वर्ष माघ शुक्ल पञ्चमी अर्थात् सरस्वती पूजा (वसन्त पञ्चमी) दुई दिन मनाइने भएको छ।

प्रदेशमा शनिबार माघ शुक्ल पक्षको पञ्चमी तिथि दिनको १२ बजेबाट लाग्ने र आइतबार बिहान ७ बजे नै सो तिथि सकिने भएको कारण अधिकांशले शनिबार वसन्त पञ्चमी मनाउन लागेका हुन्।

सोही सिलसिलामा सरस्वती पूजालाई ध्यानमा राखी अहिले मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त देखिन्छन्। जनकपुरधाम उपमहानगरपालिकाको करिब २६  स्थानमा मूर्तिकारहरू दिनरात मूर्ति बनाउन व्यस्त रहेका छन्।

जनकपुरधामको मुजेलिया, क्याम्पस चोक, विद्यापति चोक शुक्रबारी हटिया, महुवालगायत विभिन्न क्षेत्रमा मूर्तिकारहरू काममा व्यस्त देखिने गरेका हुन्।

मूर्तिकार रामकुमार मण्डलले कोभिडको डरले यो साल २७ वटा मूर्तिमात्र निर्माण गरेको बताए।

मूर्तिकार मण्डलका अनुसार उनीकहाँ पाँच हजारदेखि १५ हजार रुपैयाँसम्मका मूर्ति रहेका छन्।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.