|

काठमाडाैं : वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आजबाट बन्द भएको छ।

शुक्रबार दिउँसो करिब ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द भएकाे हाे।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले  टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको जानकारी दिए। उनले काठमाडौंबाट आवश्यक सामान ल्याएर शनिबार दिउँसोसम्म मर्मतको काम गरिने बताए। विमानस्थल बन्द भएपछि यात्रु फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.