|

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ। पहाडी जिल्ला बैतडी, बाजुरा र बझाङमा टेलिफोन सेवा अवरुद्ध छ।

तीन दिनदेखिको हिमपात र वर्षाका कारण टेलिफोन अवरुद्ध भएको हो। बाजुराको टेलिफोन सेवा मर्मतका लागि प्राविधिकको समस्या रहेको बताइएको छ। हवाई सेवा सुरु भए प्राविधिक पठाइने नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले बताए।

उनका अनुसार बाजुराका पूर्णरुपमा सम्पर्कविहीन छ। यस्तै बझाङको सदरमुकाम चैनपुरबाहेकका क्षेत्रमा पनि टेलिफोन सेवा बन्द भएको छ। अछाममा नेपाल टेलिकमको सेवा आउने जाने भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए।

‘टेलिफोन सेवा बन्द भएको थियो। विद्युत गएपछि जाने गरेको छ। टावरहरुमा ब्याकप कम रहेछ,’ प्रजिअ मरासेनीले भने। यस्तै बैतडीका केही क्षेत्रमा पनि संचार सेवा प्रभावित छ।

सुदूरपहाडका पहाडी जिल्लामा हिमपात र वर्षाका कारण नेपाली टेलिकमको सेवा अवरुद्ध भएको थियो। विद्युत सेवा पनि अवरुद्ध भएकाले टेलिफोन सेवा सुचारु गर्नसमेत समस्या भइरहेको नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख न्यौपानेले बताए।

उनले भने, ‘रिपिटर टावरबाहेकमा ब्याकप कम हुन्छ। विद्युतको राष्ट्रिय प्रसारण लाइन भएका क्षेत्रमा २÷३ घण्टाका लागि मात्र ब्याकप हुन्छ। विद्युत अवरुद्ध भए हाम्रो सेवा पनि अवरुद्ध हुन्छ।’ यसैगरी दार्चुला, डोटी लगायतका जिल्लामा पनि टेलिफोनको सेवा सुचारु र अवरुद्ध हुने क्रम जारी छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.