|

काठमाडौं : सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट

विभिन्‍न जनवर्गीय संगठनले चक्काजाम गरेर प्रदर्शन गरेको छ। उनीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि एकघण्टा चक्काचाम गरी विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले सडकमा टायर बालेर सरकारको विरोध गरे। पछिल्लो समय नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्‍यवृद्धि गर्दै आइरहेको छ।

नेपाल आयल निगमले पछिल्लोपटक माघ १८ गते मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँले बढाएको छ। निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४२ डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १ सय २५ रुपैयाँ पुगेको छ।

त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १ सय १६ रुपैयाँ मूल्य तोकेको छ। निगमले हवाई इन्धनमा १० रूपैयाँ मूल्य बढाएको हो। निगमले यसपटक भने एलपी ग्यासको मूल्य भने बढाएको छैन। 

प्रदर्शनका केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.