|

सुर्खेत : जुम्लामा हिउँमा फसेकालाई उद्धार गर्न कर्णाली सरकारले हेलिकप्टर पठाएको छ।

जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।

उनका अनुसार हेलिकप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पुगेर हिउँमा फसेकालाई उद्धार गर्नुका साथै तत्कालका लागि खाद्यान्न वितरण गर्नेछ।

हिउँ पाँच फिट जति परेको र त्यहाँ हेलिकप्टर बस्न सक्ने अवस्था नभएपछि भोकबाट बचाउन तत्कालका लागि खानेकुरा खसालिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानेले बताए।

जुम्ला तातोपानी गाउँपालिका–८, जुम्ला टोप्लागाउँका स्थानीय सुरतबहादुर शाहीसहित चिउरा, दालमोठ, चाउचाउजस्ता खानेकुरा लिएर हेलिकप्टर गएको हो।

स्थानीय बासिन्दा शाहीका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन्। उनीहरू सेतक चिनी (खिरौंला) संकलन गर्न त्यहाँ गएका थिए।

यसैबीच हिउँमा फसेका दुईजनाको मृत्यु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.