|

सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि आज (आइतबार) कर्णाली सरकारले पूर्णता पाउने भएको छ।

लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्।

केन्द्रको परिपत्रअनुसार मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। उनका अनुसार आज साँझ वा सम्भव नभए भोलि बिहानसम्म नयाँ मन्त्रीलाई सपथ खुवाउने तयारी छ।  

कसले कुन मन्त्रालय पाउँदै ?

आठ सदस्यीय कर्णाली मन्त्रिपरिषदमा पाँच मन्त्री थप हुने भएका छन्। जसमा नेकपा माओवादी केन्दले दुई, नेपाली कांग्रेसले दुई र नेकपा (एकीकृत समाजवादी)ले थप एक मन्त्रालय पाउने भएका छन्।

यसअघि कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन्।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार मन्त्रालयको बाँडफाँट टुंगो लागेपछि नेपाली कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा र यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्ने तयारी छ।

यस्तै नेकपा माओवादीबाट कार्चेन लामालाई ऊर्जा तथा जलस्रोत मन्त्री र गणेशप्रसाद सिंहलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्ने तयारी छ

समाजवादीबाट मन्त्री बन्न लागेका पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
याे पनि

 

 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.