|

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसइईलगायत सबै तहको समयमै पठनपाठन सक्न शिक्षकहरूलाई आग्रह गरेका छन्। मन्त्री पौडेलले एक सूचनामार्फत शैक्षिक तालिका नियमित गर्न यस्तो आग्रह गरेका हुन्।

‘समयमै पठनपाठन पूरा गर्न र सक्रियपूर्वक आ-आफ्ना जिम्मेवारी बहन गर्न शिक्षक,अभिभावक र विधार्थीहरूलाई विशेष अनुरोध गर्दछु,’सूचनामा भनिएको छ। 

नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गर्ने सरकारको योजना छ। तर,कोभिडका कारण यो समयसम्म पाठ्यक्रमको कोर्स नसकिने शिक्षकहरूले बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.