|

जुम्ला : कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सिल गरिएको छ।

अहेब र कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो। स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायका अनुसार शुक्रबारदेखि फागुन २ गतेसम्म स्वास्थ्य चौकी बन्द गरिएको हो।

उनले भने, ‘बर्थिङ सेन्टरबाहेक अरू सबै सेवा बन्द गरिएको छ।’ कोरोना संक्रमणको तेस्रो लहरमा यो पालिकामा २५ जनालाई परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ। यसमध्ये तीन जना मात्रै सक्रिय संक्रमित रहेको इन्चार्ज उपाध्यायले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.