|

सल्यान : राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले पहिलो पटक फोटो प्रदर्शनी गरेको छ।

जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय, संस्कृति झल्कने ७२ भन्दा बढी फोटो शनिबार खलंगामा प्रदर्शनी गरिएको छ। सल्यानका १० वटै पालिकाका भित्रका रहेका पर्यटन झल्कने विभिन्न तस्वीरहरू प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष वामदेव केसीले बताए।

प्रदर्शनीमा ५० वर्ष पहिले खिचेकादेखि हालसम्मका फोटोहरू राखिएको छ। विभिन्न १८ फोटो पत्रकारले खिचेका फोटोलाई प्रदर्शनीमा राखिएको केसीले बताए।

सल्यानलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य र ओझेलमा परेका धार्मिक, सांस्कृतिक पर्यटकीय सम्पदाको उजार र प्रचार प्रसार गर्न फोटो प्रदर्शनी गरिएको हो। जिल्लाका पर्यटकीय स्थल, धार्मिक स्थल, जिल्लाको कला, संस्कृति, जीवनशैलीदेखि राजनीतिक विषयका फोटो प्रदर्शनमा राखिएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.