|

काठमाडौँ : काठमाडौं महानगरपालिकाले स्क्रिन प्रिन्टिङ, डकर्मी, मार्बल टायल फिटर र वेल्डिङका लागि आवेदन खुलाएको छ।

महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंंको समृद्धि कार्यक्रमअर्न्तगत ‘सीप मेला २०८१’ मा स्क्रिन प्रिन्टिङ, डकर्मी, मार्बल, टायल फिटर र वेल्डिङ सम्बन्धी आवेदन खुलाएको हो। 

महानगरपालिकाले यी निःशुल्क तालिममा सहभागिता जनाउन नेपाली नागरिक सबैलाई अवसर दिइने जनाएको छ। बेरोजगार, युवायुवती, महिला, पुरुष, रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सीप सिकेर तथा काम गरेर फर्केकाहरू, अहिले काम खोज्दै गरेका व्यक्तिहरू सबैले तालिम लिन सक्नेछन्। 

तालिम टुँडिखेलमा एक महिनासम्म सञ्चालन हुनेछ। महानगरपालिकाका अनुसार एक समूहमा २० जनासम्म रहनेछन्। आवश्यक योग्यतामा सामान्य लेखपढ गर्न सक्ने, १८ वर्ष पूरा भएको नेपाली नागरिक तोकिएको छ।

उक्त तालिमका लागि नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो २ प्रति चाहिने महानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.