|

सल्यान : नेकपा (एकीकृत समाजवादी) सल्यानको भातृ संगठनले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता खारेजीको माग गर्दै सल्यानमा प्रदर्शन गरेका छन्। 

नेपाल र नेपाली जनताको हितमा परियोजना नभएको भन्दै सत्ता साझेदार समाजवादीले आइतबार प्रदर्शन गरेको हो।

एमसिसी परियोजना खारेज गरौँ, गो ब्याक एमसिसी, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

बागचौर नगरपालिका –२ बागचौरमा भएको प्रदर्शनमा राष्ट्रिय हितविपरीत परियोजना आएकाले यसलाई स्विकार्न नसकिने जिल्ला सचिव रमेशकुमार गौतमले बताए। 

बलमिचाइँ गरी संसद्‌बाट एमसिसी पास गरिए उनले आन्दोलन चर्काउने चेतावनी दिए। राष्ट्रियता र जनताको भावनाभन्दा माथि आर्थिक सहयोग हुन नसक्ने भएकाले यथास्थितिमा एमसिसी पास हुन सक्ने गौतमको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.