|

हेटौंडा : बागमती प्रदेश सरकारले यस वर्ष प्रजातन्त्र दिवस ३ दिन मनाउने भएको छ। मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो।

बैठकले मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा १ सय ५१ सदस्यीय मूल समारोह समितिसमेत गठन गरेको छ। समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको छ। बागमती प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले ६ गते सार्वजनिकस्थल सरसफाइ, ७ गते साइकल र्‍याली र सभा तथा ८ गते झण्डोत्तोलन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए।

उनले हेटौंडा उपमहानगरपालिकाको समन्वयमा प्रदेशको राजधानी सरसफाइ गर्ने बताए। खनालले ६, ७ र ८ गते ३ दिन नै प्रदेशभरि दिपावली गरेर प्रजातन्त्र दिवस मनाउन आग्रह गर्ने पनि बताए। उनका अनुसार सञ्चार क्षेत्रबाट परिसंवाद कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय भएको छ। त्यसको प्रचारप्रसारको जिम्मेवारी पत्रकार महासंघ बागमती प्रदेश समितिलाई दिइएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.