|

पर्वत : संयुक्त राष्ट्रसंघ (युएन)मा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार आफू युएनको इन्जिनियर र नेपाल राष्ट्र बैङ्कको कर्मचारी भएको बताउँदै युएनका सवारी साधनहरूमा चालकको काम लगाइदिने भनी ठगी गरेको आरोपमा डोटीका २६ वर्षीय दिनेश सिंहलाई पक्राउ गरिएको हो।

सिंहलाई बुटवल प्रहरीको सहयोगमा बुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट पक्राउ गरेको हो। आरोपित सिंहले कास्कीसहित चितवन, मकवानपुर लगायतका जिल्लामासमेत सोही कार्यविधिबाट ठगी गरेको भन्ने बुझिएको र कास्कीमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

पक्राउ परेका सिंहविरुद्ध कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

उनको साथबाट एक थान ल्यापटप, एक थान आइफोन १३, नगद ६७ हजार रुपैयाँ, नेपाल राष्ट्र बैङ्क लेखेको कार्ड होल्डर १० थान, सुनको सिक्री र औँठी एक/एक थान, नमस्ते तथा एनसेल कम्पनीका सिम कार्डहरू पाँच थान तथा अन्य विभिन्न व्यक्तिहरूका नागरिकताको प्रतिलिपि तथा ठगी गर्ने प्रयोजनार्थ बनाएका विभिन्न कागजातहरू बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.