|

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता विरुद्ध आज विभिन्न राजनीतिक दलहरूले नेपाल बन्दसँगै विरोध प्रदर्शन गरिरहेका छन्। 

एमसिसीको विरोधमा माओवादी केन्द्रका भ्रातृ संगठन वाइसिएल नेपाल र अनेरास्ववियु क्रान्तिकारीले पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ। 

एमसिसीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र समाजवादी तथा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले एमसिसी नचाहिने भन्दै माइतीघर मण्डला,नयाँ बानेश्वरलगायत ठाउँमा विरोध गर्दै आएका छन्।

राजनीतिक दलहरूले बन्द घोषणापछि गृह मन्त्रालयले उच्च सुरक्षा सतर्कता अपनाउन तथा निगरानी राख्न भन्दै हिजो बेलुकी देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो। अहिले नयाँ बानेश्वर,माइतीघर मण्डला लगायत क्षेत्रमा सुरक्षाकर्मी तैनाथ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.