छिट्टै प्रदेशको नामकरण गरेर देखाउँछु : मुख्‍यमन्त्री राई

|

विराटनगर : प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले  हिजोको सरकारसँग काम गर्ने कुनै इच्छाशक्ति नभएका कारण चाहेको जति मन्त्रिमण्डल बनाउन नसकेको बताएका छन्।

समाजवादी प्रेस संगठन नेपालको प्रदेश स्थरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले हिजोको सरकारसँग काम गर्ने कुनै इच्छाशक्ति नभएका कारण तत्कालीन सरकारले चाहेको जति मन्त्रिमण्डल बनाउन नसकेको बताएका हुन्।

मुख्यमन्त्री राईले काम, राजनीति आवश्यकताले मन्त्रिमण्डल विस्तार गरिएको बताउँदै उनले मन्त्रीको केही संख्या कामको आवश्यकताले बढाउनुपर्ने भएको प्रष्ट पारे।

‘राजनीति आवश्यकताले केही संख्या नबढाउने हो भने अहिलेसम्म पनि मन्त्रिमण्डल विस्तार हुने थिएन, मैले एउटा बाटो रोज्नुप¥यो के मैले ६ महिनासम्म मन्त्री मण्डल विस्तार नै नगरी बस्नुपर्थ्यो त?,’ उनले प्रश्न गर्दै भने,‘ ६ महिनासम्म मन्त्रिमण्डल नै विस्तार नगरी बस्नु?’

थोरै मन्त्रालयको कार्यक्षेत्र यताउता गर्दा असन्तुष्टिका कुरा आए यदि त्यसलाई राम्रोसँग व्यवस्थापन गर्न नसकेको भए अरु तीन महिना मन्त्रिमण्डल विस्तार हुन नसक्ने बताउँदै उनले भने,‘मन्त्रिमण्डल विस्तार हुन नसक्नु भनेको प्रदेश सरकारले कुनै काम अगाडि बढाउनु हो उनले थपे, त्यसो भएकाले दुईवटा बाटोमध्ये एउटा बाटो रोज्नुपर्ने भएको हो’

भौतिक मन्त्रालयमा विकासको बजेटको आधाभन्दा धेरै रकम बजेट जाने भएको बताउँदै उनले भौतिक मन्त्रालयमा विकास निर्माणका विभिन्न काम एकैठाउँ गर्नुपर्दा खाप्जे हुँदा एउटै मान्छेले काम गर्न असहज हुने बताए।

‘भौतिक मन्त्रालयमा हाम्रो विकासे बजेटको आधाभन्दा धेरै बजेट जान्छ जहाँ सडक, पुल, बाटो, खानेपानी, सिँचाइ यतिका काम एकै ठाँउ खाप्जे हुँदा छुटाइएको बजेटलाई सम्पन्न गर्नका लागि छुटाइएको हो,’उनले भने,‘ भगवानको त महादेव, विष्णु, लक्ष्मीको छुट्टै काम  थियो भने एउटै मान्छेले सबै काम जान्दछ? कामको लोड बढी छ कामको विषेशता फरक–फरक तर एकै ठाँउ राख्दा काम राम्रो सम्पन्न हुन सकेन त्यसो भएको हुनाले लोड घटाउनका लागि कामको विशेषताअनुसार जिम्मेवारी दिनका लागि यति मन्त्रालय त विभाजन गर्नु पथ्र्यो  जुन हिजोकाले गर्न सकेन।’

पछिल्लो समय प्रदेशमा रहेका सातवटा मन्त्रालय विभाजन गरी १३ वटा बनाएसँगै मुख्यमन्त्री राई आलोचित बनेका छन्। उनले आफ्नो क्याबिनेट १४ सदस्यीय बनाएका छन् । जसमा १३ मन्त्री  र एक राज्यमन्त्री छन्।

मन्त्रालय विभाजन पछि खर्चको विषयमा विशेष आलोचना खेप्दै आए मुख्यमन्त्री राईले भने,‘खर्चको कुरा त हिसाब कसैले गरेको छैन तर, यत्रो प्रदेश सरकार चलाउनेले दुई रुपैया, चार रुपैयाँको हिसाब गरेर बस्दैन।’ उनी थप्छन्,‘यसले चार रुपैयाँ खर्च गर्छ,  बिस रुपैयाँ कमाउँछ। चार रुपैया खर्च गर्छ बिस रुपैयाको काम गर्छ।’

उनले  प्रदेश नामकरणको प्रसंगमा आउने अधिवेशनमा टुंगो लगाउने प्रयास रहेको बताए। उनले वास्तविकतालाई कतिपय साथीभाइले नबुझेको गुनासो गर्दै उनले भने,‘सरकारले नाम छिटो टुंगो लगाइदिनुपर्‍यो अथवा भनेको नाम टुंगो लगाइदिनुपर्‍यो भन्नुहुन्छ तर, सरकारले नाम निर्णय गरेर टुंगो लगाउन मिल्दैन।’

सरकारले संसदमा पनि प्रस्ताव गर्न नमिल्ने बताउँदै उनले सरकार बहुमतमा भएको हुनाले त्यसको नेतृत्व लिएर पहलकदमी गर्ने सहजीकरण गर्ने  र उत्प्रेरकको भूमिका खेल्ने सरकारको काम रहेको भए पनि हिजोको सरकारले त्यसको छलफल पनि नगरेको उनले बताए।

अघिल्लो सरकारले प्रदेश नामकरणको विषयलाई प्रदेशमा छलफल गराएर बहस गरेर टुंगो नलागएको बताउँदै उनले अब प्रदेशका नामकरण विषयलाई छलफलमा प्रवेश गराउन पार्टी नेताहरुको भेला गर्ने, दल नेता, संसदहरु, अन्य सरोकारहरु विच छलफल गरेर सकेसम्म सर्वसहमतिमा प्रदेशको नामलाई टुंगो लगाउने गरी आफूहरू अगाडि बढ्ने मुख्यमन्त्री राईले प्रतिवद्धता जनाएका छन्।

यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै यातायात व्यवस्थापन तथा संचारमन्त्री उपेन्द्र घिमिरेले सोही कार्यक्रममा बोल्दै यातायात कार्यालय र संचारसँग सम्बन्धीत क्षेत्रलाई व्यवस्थित गर्ने तयारी भइरहेको बताए।

उनले यातायात कार्यालयबाट अहिले प्रदेश सरकारलाई २ अर्ब ४४ करोड बढी राजस्व प्राप्त भइरहेको बताउँदै आगामी दिनमा उक्त राजस्वलाई दोब्बर पार्ने गरी छलफल अगाडि बढेको बताए।

मन्त्रालय फुटाएर खर्च बढी भयो भन्ने विषयमा जे कल्पना गरे पनि  त्यस्तो नभएको बताउदै मन्त्री घिमिरेले ‘यातायात कार्यालयले अहिले २ अर्ब ४४ करोड राजस्व उठाउँदो रहेछ।,’

आगामी आर्थिक वर्षमा यसलाई दोब्बर बनाउने काम गर्ने प्रतिवद्धता जनाउँदै उनले यातायात कार्यालयमा यसअघिको प्रदेश सरकारले लोभी, पापीलाई बोकेर सिण्डिकेट चलाएको आफूले पाएको उनको भनाइ छ।

यसअघिको सरकारले लोभ, पाप, मोह, क्रोध मात्रै देखिएको बताउँदै उनले भने,‘बा प्रवृत्ति र बाले भनेपछि भगवानले आशीर्वाद दिएजस्तो गर्न थालेपछि हामीले विद्रोह गरेका हौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.