|

काभ्रे : काभ्रेपलाञ्चोक र मकवानपुरको सिमानामा रहेको बागमती खोलामा निर्माणाधीन पक्की पुलको म्याद थपिए पनि अझै अलपत्र रहेको छ। काभ्रेको खानीखोला गाउँपालिका–५ र मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रे दोभानस्थित् बामगती खोलामा निर्माणाधीन पुल समयमा नसक्दा अलपत्र परेको हो।

२०७४ असार ३० मा महाविर/शिखर.तामाकोशी जेभीले २०७६ भदौ ३० मा निर्माण पूरा गर्ने सम्झौता गरेको थियो। सम्झौता अवधिमा पुल निर्माण पूरा नभएपछि २०७७ फागुन १४ सम्मका लागि म्याद थप गरिएको थियो। तर‚ थपिएको म्याद सकिँदा समेत १२.३५ प्रतिशत मात्र काम भएको छ।

थपिएको अवधिमा पनि काम नसकेपछि कम्पनीले म्याद पुनः थप गर्न बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयमा फाइल पेश गरेको थियो। तर‚ निर्देशनालयले हालसम्म कुनै निर्णय गरेको छैन। अहिले निर्माण कार्य ठप्प छ।

कम्पनीका इन्जिनियर विष्णु काफ्लेले निर्माण कार्य द्रुत गतिमा गरे पनि पुल ११५ मिटर लामो उक्त पुल सकिन अझै करिब डेढ वर्ष लाग्ने बताए। उक्त पुल तत्कालीन मकवानपुर जिल्ला विकास समितिले ठेक्का लगाएकोमा राज्यको पुनर्संरचनासँगै अहिले पूर्वाधार विकास कार्यालय चितवनले हेरिरहेको जानकारी दिए। उक्त ठाउँ काभ्रे, मकवनपुर र सिन्धुली जिल्लाको संगमस्थल हो।

पुल निमार्णमा ढिलाइ भएपछि काभ्रेको महाभारत गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकारले यथासम्भव छिट्टो निर्माण सम्पन्न गराउन पहल सुरु गरेका छन्। महाभारतका अध्यक्ष कान्छालाल जिम्बा र बागमतीकाका अध्यक्ष सर्केश घलानसँगै काभ्रे र मकवनपुरका जनप्रतिनिधि, राजनितिक दलका नेतृत्व र सर्वसाधारण जनताबिच द्धिपक्षीय हित र विकासका लागि पुल निर्णय कार्य छिट्टो पूरा गर्न संयुक्त पहल आवश्यक रहेको भन्दै एक बुँद्धे निर्णय समेत गरेको छ।

महाभारतका अध्यक्ष जिम्बाले पुलको सामरिक महत्व रहेको भन्दै पक्की पुल बनेसँगै काभ्रेको महाभारत, खानीखोला र ललितपुरको बामगती गाउँपालिकाबाट काठमाडौँ र हेटौँडा आवतजावत गर्ने सवरीसाधान १२ महिना नै निर्वाद सञ्चालन गर्न सकिने बताए। यक्त पुल निर्माणले विशेषगरी महाभारत र खानीखोला गाउँपालिका (डाँडापारि क्षेत्र)बासीको जनजीवनसँग प्रत्यक्ष रुपमा जोडिएकोले पनि पुलको निमार्ण छिट्टो सम्पन्न गर्नको लागि पहल थालेको उनको भनाइ छ।

बागमतीका अध्यक्ष घलानले कम्पनीले पर्याप्त जनशक्ति राखेर काम गर्न नसक्दा पनि ढिलाई भएको बताए। उनका अनुसार इन्जिनियरले पुल बनाउने स्थानमा नपुगी र्भोलेनीसम्म गई त्यस आसपासम बनेको पुलको आधारमा डिजाइन तयार पर्दा यसअघि पनि डिजाइन परिवर्तन गर्नु परेको थियो।

पुल निर्माणपछि मंगलटार–चारकिल्ला–बनखु–भोर्लेनी सडकखण्ड, खोपासी–ताल्ढुङंगा, कान्ती लोकपथ हुँदै आउने चापगाउँ–गिम्दी–ताल्ढुंगा सडकखण्ड, सोही लोकपथबाट बेतीनी–भोर्लेनी सडकखण्ड लगायतका सडकहरु बागमती गाउँपालिको केन्द्र जुरजुरेस्थित् धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिने छ। अध्यक्षद्धयले समयमा पुल निर्माण सम्पन्न गर्न सबै सक्रियताका साथ लागी पर्न समेत आग्रह गरेका छन्।

पुल नबन्दा सास्ती झेल्दै स्थानीय

काभ्रेको डाँडापारि क्षेत्रलाई बागमती प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की पुल निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयले आवतजावतमा सास्ती खेप्न बाध्य छन्।

पुल नहुँदा डाँडापारिका बासिन्दा प्रदेश राजधानी हेटौँडा पुग्न काठमाडौं वा मकवनपुरको बेतीनी हुँदै अथवा गाडी भेट्न मकवनपुरको जुरजुरसम्म ५ घण्टा हिँडेर जानुपर्ने बाध्यता छ। जसले गर्दा एकैदिनमा हुने कामको लागि दुई तीन दिन खर्चनु परेको छ।

स्थानीय मिलन भोलनले वर्षौंदेखि माग गर्दै आएको भएपनि पुल निमार्णको कामले सोचो जस्तो गति लिन नसकेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.