|

काठमाडाैं : प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकाेट पुगेका छन्।

बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका नेताहरूसँगकाे बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकाेट गएका हुन्।

पत्नी आरजुसहित बालकाेट पुगेका देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता तथा संसद्‍ बैठक सञ्चालनका विषयमा छलफल गर्ने बुझिएकाे छ।

यसअघि कांग्रेस नेता मिनेन्द्र रिजालले आजै ओलीलाई भेटेका थिए। सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसिसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेन। 

गठबन्धनकाे बैठक भाेलि बिहान १० बजे बस्ने गरि सकिएकाे छ। कांग्रेसबाहेक सत्ता गठबन्धनका अन्य दलहरू एमसिसी संसद्‍मा पेस गर्न नहुने पक्षमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.