|

काठमाडौं : निर्माता अर्जुन कुमारले निर्देशकको रूपमा डेब्यु गर्ने भनिएको 'गोरे सार्की'लाई निकेश खड्काले निर्देशन गर्ने भएका छन्। यतिबेला आफू निर्माताकै रूपमा ठिक रहेको भन्दै अर्जुनले 'गोरे सार्की' निकेशलाई नै निर्देशन गर्न दिएका हुन्।

निकेशले यसअघि अर्जुनको निर्माण रहेका दुई फिल्म 'फाटेको जुत्ता' र 'चपली हाइट ३' निर्देशन गरिसकेका छन्। जसमध्ये 'फाटेको जुत्ता' व्यावसायिक रूपमा सफल भएको थियो भने 'चपली हाइट ३' यतिबेला प्रदर्शनरत रहेको छ।

दुई वर्षअघि नै प्रदर्शनको तयारीमा रहेको 'चपली हाइट ३' कोरोनाका कारण रोकिएको थियो। पुस ३० देखि माघ २ गतेसम्म प्रदर्शन भएर रोकिएको फिल्मले गत फागुन १ देखि फेरि प्रदर्शन थालेको थियो। फिल्मले अपेक्षित प्रदर्शन भने गर्न सकिरहेको छैन।

थ्रिलर जनरामा बन्ने 'गोरे सार्की'को यतिवेला पटकथा तथा कलाकार चयनको काम भइरहेको छ। सबै कलाकार पक्का भइसकेपछि चैत अन्‍तिम साताबाट छायांकनमा जाने निर्माण टोलीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.