|

काठमाडौं : नेपालमा जिका भाइरसको पिसिआर परीक्षण सुरु गरिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण सुरू गरिएको हो।

प्रयोगशालामा मंगलवारदेखि जिकासँगै चिकनगुनिया र डेँगु भाइरसको पनि पिसिआर परीक्षण सुरु भएको छ।  जनस्वास्थ्य प्रयोजनका लागि हाललाई परीक्षण निःशुल्क रुपमा सञ्चालन गरिने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जानकारी दिइन्।

डेंगु भाइसर सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे अहिले देशका सबै जिल्लामा देखिएको छ। यो लामखुट्टेले जिका भाइरस तथा चिकनगुनिया पनि सार्न सक्ने विज्ञहरुले बताएका छन्। नेपालमा अहिलेसम्म डेंगु र चिकनगुनिया देखिए पनि जीका भाइरस देखिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.