|

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ।

बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय बबरमहल  बस्न नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। कर्णकाअनुसार आजको बैठकले एमसीसीबारे पार्टीले साझा धारणा बनाउने छ।

यस्तै एमसीसी बाहेक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावलगायत राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने छ।

यस अघि मंगलबार पार्टीका शीर्ष नेताको बैठक बसेको थियो। सो बैठक पछि संसदीय दलको बैठक बोलाइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.