|
प्रतीकात्मक तस्बिर

बारा : प्रहरीको गोली लागेर बारामा एकजनाको मृत्यु भएको छ। तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको प्रहरीले बताएको छ।

बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचनाको आधारमा त्यसतर्फ गएको प्रहरी टोली र तस्करबीच सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले बताए।

गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाजा तस्करको मृत्यु भएको उनले बताए। मृतक भारतीय नागरिक भएको उनले जनाकारी दिए। कम्मरमा गोली लागि घाइते भएका उनको कलैया अस्पतालमा उपचारका क्रममा राति साढे १ बजे मृत्यु भएको प्रवक्ता थापाले जानकारी दिए। । शवलाई प्रदेशिक अस्पतालमा राखिएको छ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्राका ४० वर्षीय हृदेश गिरी रहेको थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.