|

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रमणकारी भएको बताएका छन्। पुटिनले  युद्ध रोजेको र अब पुटिन र उनको देशले गम्भीर परिणाम भोग्ने बाइडेनको चेतावनी छ।

युक्रेन माथि रुसले गरेको आक्रमणको कडा निन्दा गर्दै बाइडेन भने,  ‘रुसले युक्रेनमा छिट्टै आक्रमण गर्नेछ भन्ने आशंका पहिले नै थियो।’ उनले रुसमाथि थप कडा प्रतिबन्ध लगाइने पनि बताए।

बाइडेनले विश्वका अधिकांश देश रुसविरुद्धमा रहेको बताए। उनले यो युद्धबाट अमेरिका पनि प्रभावित हुन सक्ने बताए। 

युक्रेनमा फसेका अमेरिकी नागरिकको सुरक्षा अहिले अमेरिकाको प्राथमिकतामा रहेको बाइडेनको भनाइ छ।  साथै उनले अमेरिका सबै प्रकारका साइबर आक्रमणको जवाफ दिन तयार रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.