|

काठमाडौं : आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुने कार्यसूचीसँगै नयाँ बानेश्वर क्षेत्रमा हुने झडपको सम्भावनाले गर्दा यस क्षेत्रमा बिहानैदेखि उच्च मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। विभिन्न राजनीतिक दलका कार्यकर्ता र तिनका भ्रातृ संगठनहरूले एमसिसीविरुद्ध प्रदर्शन गर्दै आएका छन्।

आज पनि विभिन्न राजनीतिक दलहरूले एमसिसीको विरोधमा विभिन्न प्रदर्शन गर्ने कार्यक्रम राखेका छन्। एमसिसीका विषयमा  सत्तारुढ दलहरुबीच मतभेद छ। नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा छ भने अन्य दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा एमससिसी संशोधन गरेर मात्रै अनुमोदन गर्नुपर्ने पक्षमा छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

आजका लागि संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्। संसद् सचिवालयका अनुसार एमसिसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेश भएपछि बोल्न चाहने सांसदले छलफलमा भाग लिनेछन्। सरकारले यही फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.