|

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले  मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट एमसिसी परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर मात्र अगाडि बढाउनुपर्ने  बताएका छन्।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा  आयोजित  पत्रकार सम्मेलनमा उनले  अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व  र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गरे।

“यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक  सुरक्षित हुनुपर्दछ”, उनले भने, “परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ। परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ।” अध्यक्ष नेपालले आफ्नो पार्टीले  यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने  स्पष्ट पारे। रासस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.