|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले एमसिसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गरेका छन्।

उनले एमसिसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताए। सांसद कोईरालाले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन र एमसिसी पास गर्न अन्तिमसम्म लागि परिरहेको बताए।

‘प्रधानमन्त्रीजीको अन्तिम प्रयास एमसिसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने छ। त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ। संसद भवनबाहिर प्रतिक्रिया दिँदै कोइरालाले भने, ‘एमसीसी पास हुन्छ। पास भइसकेपछि यो सरकार जान पनि सक्छ नजान पनि सक्छ । यही गठबन्धन चलिरहन सक्छ अथवा एमालेसँग मिलेर पनि गठबन्धन हुनसक्ने सम्भावना छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.