|

काठमाडौं : प्रतिनिधिसभाको आइतबार(भोलि) बस्ने प्रतिनिधिसभा बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ। 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यक्रममा एमसिसीमा छलफल गर्ने कार्यसूची तय गरेको छ। सत्तारुढ दलहरुबीच नै एमसिसीका विषयमा सहमति नभएपछि लगातार दुई पटक सूचना टाँसेर बैठक स्थगित भएको थियो। 

अमेरिकाले एमसिसी सम्झौता यहि १६ गतेभित्र पास गर्नुपर्ने समयसीमा दिएपछि दलहरु अहिले पनि आन्तरिक र बाह्य छलफलमा जुटेका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका साथै प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग पनि समानान्तर रुपमा छलफल गरिरहेका छन्। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.