|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका छन्।

राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा राखेको अंगदान शिविरमा पुगेर मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गर्दै मञ्जुरीनामा दिएका हुन्।

यस्तै सोही अवसरमा मुख्य सचिव शंकरदास वैरागी, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं लगायतले अंगदानका लागि मञ्जुरीनामा दिएका छन्।

प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले स्वास्थ्य दिवसका अवसरमा मिर्गौला जाँच शिविर र अंगदान शिविर सञ्चालन गरिरहेको भन्दै मन्त्री, मुख्यसचिव र स्वास्थ्य सचिवले अंगदान गर्ने घोषणा गरेको जानकारी दिए।

मन्त्रालय परिसरमा आयोजित स्वास्थ्यसेवा दिवसमा उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार, स्वास्थ्य सेवा पुरस्कार र स्वास्थ्य सेवा सम्मान गरी १५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सम्मान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.