पछिल्लो रात सबैभन्दा कठिन भएको युक्रेनी सेनाको भनाइ

|

युक्रेन आक्रमणको पाँचौ दिनसम्म रूसी सेनाले देशका सबैतिरबाट आक्रमण जारी राखेको छ। युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा पछिल्लो रात सबैभन्दा कठिन समय भएको उल्लेख गरेको छ।

रूसको निरन्तर प्रहारका बाबजुद सबै सहर आफ्नो नियन्त्रणमा रहेको युक्रेनी फौजले बताएको छ। युक्रेनी सेनाले जवाफी कारबाहीमा ४ हजार ३०० रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। यो दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन। युक्रेन सरकारको तथ्यांकअनुसार हालसम्म २०० भन्दा बढी युक्रेनीको मृत्यु भइसकेको छ भने ११ सयभन्दा बढी घाइते भएका छन्।

यसैबीच रूसविरुद्ध पश्चिमा देशहरूले लगाएको कडा प्रतिबन्धको असर रूसी मुद्रामा देखा परेको छ। अमेरिकी डलरको तुलनामा रूसी मुद्रा रूबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ। रूसमा धेरैजसो बैंकबाहिर मानिसहरूको ठूलो लाइन लागेको छ। ह्याकरहरूले रूसी बैंकका कार्डहरू चल्न नसक्ने बनाइदिएपछि मानिसहरू पैसा निकाल्न बैंकमा लाइन लागेका हुन्।

युरोपमा रूसी स्वामित्वका बैंकहरूले काम गर्न छोडेका छन्। रूसको केन्द्रीय बैंकमा लगाइएको प्रतिबन्धका कारण ६३० अर्ब डलर विदेशी मुद्राको ढुकुटी रूसले प्रयोग गर्न पाएको छैन। यसको असर रूबलमा परेको हो। रूसमाथिको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यभने निकै तीव्ररुपमा वृद्धि भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.