|

काठमाडौं : कमल थापाले दर्ता गरेको नयाँ पार्टी राप्रपा नेपालका विभिन्न पदाधिकारी मनोनीत गरेका छन्। अध्यक्ष थापाले पार्टी प्रवक्तामा संखुवासभाका वसन्तमानसिंह अधिकारी र ललितपुरका सुरेश आचार्यलाई मनोनीत गरेका छन्। यसैगरि कोषाध्यक्षमा काठमाडौंका चन्द्रबहादुर गुरुङ छन्।

यसैगरि बाँकेका हिक्मतबहादुर ढकाल, पाँचथरका तेजकुमार कुरुम्बाङ र मकवानपुरका आईतराम तामाङलाई राप्रपा नेपालको सह-महामन्त्रीमा मनोनीत गरेको प्रवक्ता वसन्तमानसिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रवक्तामा नियुक्त अधिकारी पहिले वामपन्थी राजनीति त्यागेर पछिल्लो कालखण्डमा राप्रपामा सक्रिय रहदै आएका थिए भने आचार्य यसअघि राप्रपाका सह-महामन्त्री थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.