|

काठमाडौं : उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज देशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधवार बिहान प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ।दिउँसो प्रदेश १, बागमती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मौसम सामान्य बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.