|

काठमाडौं : आजको प्रतिनिधिसभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजीसहित अवरोध सुरु गरेको थियो। पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई सभामुखले कारबाहीको सूचना निकाल्नुपर्ने माग राख्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ।

एमालेको अवरोधबीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८ पेस गरे। आजको बैठक करिब सात मिनेटमै सकिएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.