|

झापा : झापाको गौरीगञ्जमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- २ भाकुरमारीनिवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजे ती किशोरी भैँसीका लागि पराल लिन गएकी थिइन्। सोही वेला ती २ जनाले उनलाई जबरजस्ती करणी गरेका थिए। ती दुवै जना नेपाल-भारत सीमानजिक जबानमुन्सीमा महाशिवरात्रिको भोलिपल्ट बर्सेनि लाग्ने मेला घुम्न गएका थिए। बलात्कारको शिकार भएकी किशोरी ५ महिनादेखि आफन्त पर्ने दाजुको घरमा बस्दै आएकी थिइन्।

किशोरीको घर झापा गाउँपालिका हो। दाजुलाई घटनाबारे जानकारी गराएपछि परिवारजनले तत्काल इलाका प्रहरी कार्यालय गौरीगञ्जमा घटनाको किटानी जाहेरी दिएका थिए। प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरी कार्यालय गौरीगञ्ज प्रहरी निरीक्षक राकेश रेग्मी नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।

प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले बलात्कारका आरोपी पक्राउ परेको बताए। बिहीबार सार्वजनिक बिदा परेकोले झापा जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरेपछि मात्र विस्तृत जानकारी दिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.