|

नयाँ दिल्ली : भारतीय सशस्त्र सीमा बल(एसएसबी) ले आफ्ना कर्मचारीलाई स्मार्टफोनमा व्यक्तिगत डाटा नराख्न आदेश दिएको छ। मोबाइल गलत हातमा परे खतरनाक परिणाम निम्त्याउने उसले स्पष्ट पारेको छ।

नेपाल र भुटानसँगको सीमा क्षेत्रमा भारतको एसएसबीले सुरक्षा गर्दै आएको छ।

भारतीय अधिकारीहरूले बिहीबार परिपत्र जारी गर्दै आफ्ना  सुरक्षाकर्मीलाई ह्वाट्सएपमा आधिकारिक आदेश साझा नगर्न र अपरेशनबारे छलफल नगर्न आग्रह गरेका छन्।

'संवेदनशील स्थलमा' खटिएका एक अधिकारीले सेना र केन्द्रीय बलका केही गतिविधिको विवरण साझा गरेको फेला परेपछि यस्तो आदेश जारी गरिएको बताइएको छ।

बलले भन्यो‚ 'गम्भीर राष्ट्रिय सुरक्षाको विषय हो र यसले बलको छविलाई धमिलो पार्छ। तपाईंको मोबाइललाई तपाईंको व्यक्तिगत डाटाको स्रोत नबनाउनुहोस्, यो अपरिचित व्यक्तिको हातमा पर्दा खतरनाक हुन्छ।‘

उनीहरूलाई आफ्नो फोनको आइएमइआई नोट गर्न र सुरक्षित स्थानमा राख्न निर्देशन दिइएको छ। यसले आफ्नो उपकरणमा अनधिकृत पहुँच रोक्न र फोन चोरी वा हराएमा ब्लक गर्न सहज हुनेछ। यसैगरी स्मार्टफोनबाट ट्रुकलर एप्लिकेशन पनि हटाउन भनेको छ।  

सैनिकहरूले सामाजिक सञ्जालमा सैन्य गतिविधि, स्थान, हतियार र संवेदनशील पनि सामग्री देखाउने तस्बिर र भिडियो क्लिपिङ पोस्ट गर्नबाट टाढा रहन निर्देश गरेको छ। 

कर्मचारीहरूलाई ल्यान्डलाइन फोन, सबैको पहुँच भएका फोन वा व्यक्तिगत मोबाइल नम्बरबाट आएका फोनको तुरुन्त जवाफ नदिन पनि भनिएको छ। आफूसँग मागिएको जानकारी उच्च अधिकारीहरूबाट स्वीकृति पाएपछि उपलब्ध गराउन भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.