|

दाङ : दाङको घोराहीमा आयोजना गरिएको खुमबहादुर खड्का प्रथम स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधि तुलसीपुर उपमहानगरपालिकाले जितेको छ।

नेपाली कांग्रेस दाङले आयोजना गरेको प्रतियोगिताको आइतबार भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक फाइनल खेलमा राप्ती गाउँपालिकालाई २५– २०, २३–२५, २०–२५, २५– १८ र १९– १७ अर्थात ३–२ को सेटमा हराउँदै तुलसीपुरले उपाधि जितेको हो।

तुलसीपुरले उपाधिसँगै नगद २ लाख नगद, कप, मेडल तथा प्रमाणपत्र पाएको हो। त्यस्तै उपविजेता राप्ती गाउँपालिकाले नगद १ लाख पाएको हो।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी तुलसीपुरका मानबहादुर श्रेष्ठ घोषित भए। उनले नगद पाँच हजार एक सय, ट्रफी प्रमाणपत्र पाएका थिए।

त्यस्तै बेस्ट स्पाइकर तुलसीपुरकै धनबहादुर भट्ट क्षेत्री, बेस्ट सेटर विनोद बुढाथोकी, वेस्ट लिब्रो हरिश बुढाथोकी, बेस्ट ब्लकर राप्ती गाउँपालिका खेलाडी हरि अधिकारी,  बेस्ट सर्भर  राप्तीकै सुवास बोहरा र बेस्ट कोच तुलसीपुरका कमल खत्री घोषित भए।

फागुन १६ गतेबाट सञ्चालित प्रतियोगितामा जिल्लाका दश पालिकाका टिमको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.