|

काठमाडौं : प्रहरीले हुण्डी कारोबारमा संलग्न दुईजनालाई अवैध डेढ करोड नेपाली रुपैयाँसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ वर्षीय बिक्की खड्का र ३२ वर्षीय अमित कुमार अग्रवाल छन्।

उनीहरूलाई प्रहरीले विशेष सूचनाका आधारमा आइतबार दिउँसो ताहाचलबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले मोबाइल, ल्यापटप तथा अन्य विभिन्न चेकहरूसमेत बरामद गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

कालीमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट  पचास लाख (५०,००,०००) ल्याई अमितकुमार अग्रवालको कोठामा पुर्याईदिएको भनी खुल्न आएपछि प्रहरीले अमित कुमारको डेरामा खानतलासी गर्दा नेपाली नगद रू एक करोड पचास लाख फेला पारेको थियो।

पक्राउ परेका उनीहरू दुवैजनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाएको महानगरीय प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.