|
फाइल तस्वीर

हेटौंडा : बागमती प्रदेश सरकारको निर्णय एकपछि अर्को गर्दै अदालतले धमाधम उल्टाउँदै गएको छ। अघिल्लो सरकारले गरेको नियुक्ति खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारको निर्णय अदालतले धमाधम उल्टाइदिएको हो।

गत माघ २१ गते बागमती सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ८ अस्पतालका अध्यक्ष बर्खास्त गरी नयाँ अध्यक्ष नियुक्त गरेको थियो। तर, सर्वोच्च अदालतको अल्पकालीन आदेशले एक महिनाअघि हटाइएका बागमती प्रदेशका ८ जिल्लाका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पुनर्बहाली भएका छन्।

आफू बहाली छँदै हटाएर अन्याय गरेको भन्दै जिल्ला अस्पताल रसुवाका अध्यक्ष रामशरण कुइँकेलले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ, बागमती सरकारको स्वास्थ्य मन्त्रालय लगायतलाई विपक्षी बनाइ सर्वोच्चमा निवेदन दिएका थिए। उनको निवेदनउपर सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजालसले विपक्षीको नाममा अल्पकालीन आदेश दिएका हुन्। अल्पकालीन आदेशले हटाइएका अध्यक्षहरूलाई काम गर्ने बाटो खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.