|

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। 

धनगढी उपमहानगरपालिका-१३ राजपुरकी १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको डिएसपी जोशीले बताए। उनका अनुसार त्रिभुवन माविमा अध्ययनरत ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा ट्रकले ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएकी उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालक गोदावरी-४ बस्ने गणेश लामा प्रहरीको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.