|

रुकुम (पूर्व) : रुकुम पश्चिममा बस दुर्घटनाका घाइते तथा मृतकका आफन्तले क्षतिपूर्ति माग्दै सडक बन्द गरेका छन्। बुधबार (आज) बिहानैदेखि जिल्लाभित्रका र बाहिर जाने तथा बाहिरबाट जिल्ला भित्रिने सवारीसाधन चलेका छैन्। दुर्घटनाका पीडितले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै यातायात बन्द गरेका हुन्। 

गत मंसिर २० गते बेलुकी मुसीकोट नगरपालिका–२ बरेली बजारमा जन्ती बस दुर्घटनामा परेको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए। 

दुर्घटनामा मृतकका आफन्तले क्षतिपूर्ति नपाएको, घाइतेहरूको उपचार खर्च नबेहोरिएको तथा बसचालक, बस मालिक तथा समितिविरुद्ध कुनै कानुनी कारबाही नगरेको भन्दै पीडितले सवारीसाधन चल्न दिएका छैनन्। ठाउँठाउँमा दुर्घटनाका मृतक बुदु खड्काको तस्वीर सहितको ब्यानर राखेर सवारी चल्न दिइएको छैन।

घटना भएको लामो समयसम्म पनि कारबाही शुरु नभएपछि आन्दोलन गर्नु परेको घाइते टेकबहादुर बस्नेतले बताए। दुर्घटनालगत्तै पक्राउ परेकालाई पनि प्रहरीले छाडेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।

घाइते बस्नेतका अनुसार उपचारमा मात्रै ३१ लाखभन्दा बढी रूपैयाँ खर्च भएको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले पीडित पक्ष प्रहरी र यातायात प्रालिबीच छलफल शुरु भएको जानकारी दिए। केही दिनअघि नै बन्द गर्न तयारी गरिरहेकाहरूलाई केही दिनमा रोकिन आग्रह गरेर छलफलमा बसालिएको प्रजिअ घिमिरेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.