रंगेलीका मेयर र उपमेयर नै माओवादी छाडेर एमाले प्रवेश

|

विराटनगर : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बाँझो खेत जस्तै भएको टिप्पणी गरेका छन्। एमालेले बुधबार रंगेलीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सुख्खा परेको बाँझो खेत जस्तै रहेको बताएका हुन्।  

उनले कांग्रेसले जित्दा बुढाबुढीलाई भोकभोकै मार्ने बताउँदै उनले कांग्रेसले जेष्ठ नागरिकलाई नसम्झने बताए। कांग्रेसले एमालेको विरोध गरेर जनता अल्मल्याएर भ्रम पारेको आरोप लगाउँदै उनले उनले भने,‘त्यो जमाना गयो, अब जनता अलमलिने जमाना छैन।’

देश बनाउने र गरिबको पार्टी रहेको दाबी गर्दै उनले सुकुम्बासी जनताको सुकुमबासी आयोग बनाएर समस्या समाधान गर्न तयार रहँदा सरकार ढलेको बताए। उनले थपे,'जनताले ढालेको होइन, जनताको आर्शिवाद नेकपा एमालेसँग छ।’

नेपकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टी,पार्टी नभएर भ्रमको गोलो भएको ओलीको आरोप छ। 

ओलीले भने, ‘प्रचण्डको पार्टी होइन। त्यो भ्रमको गोला हो। त्यसैले तपाईंहरु चाँडै त्यो भ्रम मुक्त हुनुस्।’
 
माधव नेपाललाई लक्षित गरेर केही व्यक्तिले पार्टी छोडे पनि एमाले बलियो भएको दाबी गर्दै देशमा विकासको लहर एमालेले चलाएको बताए।

मेयर र उपमेयर नै एमाले प्रवेश 

यस्तै माओवादी त्यागेर एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल)ले राजनीतिक सहमति र स्वार्थ नभई विकासको नेतृत्व गर्न सक्ने एकमात्रै दल  एमाले भएकाले आफू एमाले प्रवेश गरेको बताए।  

रंगेलीमा भएको विकास निर्माणको कामलाई नगरबासीले समीक्षा गर्नुपर्ने बताउदै  उनले नगरको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए।

मेयर बगडियासहित उपमेयर केशवकुमारी खराल, रंगेली १, ५ र ७ नम्बरका वडाध्यक्षलाई ओलीले पार्टी प्रवेश गराएका थिए। माओवादी र एमालेको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिएका थिए। एमाले प्रवेश गर्न लागेपछि हिजो माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो। 

बगडिया ०७४ सालको स्थानीय निर्वाचनमा माओवादीबाट निर्वाचित बनेका हुन्। उनलाई माओवादीले पार्टी बाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रका बैठक छल्दै आएका उनलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उनी आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिँदै आएका थिए।  विभिन्न दल परित्याग गरेका चार हजार सात सय १० जनालाई पार्टीमा प्रवेश गराइएको एमालेले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.