|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ का कारण रोकिएको र शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको बताएका छन्।

बिहीबार वीरगञ्जमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोरोनाका कारण देशको अर्थतन्त्रमा पुर्‍याएको क्षतिलाई पुन: पहिलेकै अवस्थामा फर्काउने गरी सरकारले काम गरेको बताए।

देउवाले घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले यो बिना देशमा आर्थिक, समाजिक रुपान्तरण हुन नसक्ने बताए। देउवाले भने, ‘सञ्चालन सम्बन्धी कानुनलाई थप सरल र पारदर्शी बनाउने, मुलुकमा उद्योग सञ्चालनलाई सरकारले स्तरोन्नती दिनेछ।

हाल सरकारले अघि बढाएको औद्योगिक क्षेत्र आर्थिक क्षेत्र, औद्योगिक ग्राम तथा पूर्वाधार विकासका काम र उद्योगमा आवश्यक सीपमुलक जनशक्ति उपलब्ध गराउने कार्यस्थलमा रोजगारमुलक, उद्योग व्यवसायका कार्यक्रमको संरक्षणका कारणबाट मुलुकमा औद्योगिक क्षेत्रमा उल्लेख्य सुधार आउनेछ।’

प्रधानमन्त्री देउवाले अर्थतन्त्र बलियो बनाउनमा घरेलु तथा साना उद्योगको योगदान अनुसार सरकार सहयोग गर्न प्रतिवद्ध रहेको जिकिर समेत गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.