|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटाउन रुलिङ गरेका छन्। आइतबारको संसद् बैठकमा सभामुखले संसद्‌मा ४२ वटा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै एमालेलाई अवरोध हटाउन आग्रह गरेका हुन्। 

सभामुखले भने, ‘सभामा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आमनागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्‌प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्य समेत अवरोधका कारण प्रभावित हुन पुगेको छ।’

विचाराधीन विधेयकहरू नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गरेका छन्। 

‘संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरूले मलाई पटक पटक ध्यानाकर्षण गराउनु भएको छ’‚ सभामुखले भने, ‘संसद्लाई प्रभावकारी बनाउन आमरूपमा प्रश्न उठिरहेको छ। तसर्थ अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्दछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.