|

 काठमाडौं : मोरङमा बलात्कारपछि हत्या गरिएकी १८ महिने बालिकाको न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। श्रीमती संगठन नामक फेसबुक समूहले आयोजना गरेको प्रदर्शनमा विभिन्न पेशा व्यवसायमा रहेका महिलाहरूले न्यायको पक्षमा नाराबाजी गरेका थिए।

मोरङको सुन्दरहरैँचा–७ गणेशपुरकी १८ महिने बालिकाको बलात्कारपछि हत्या भएको थियो। नशामा लट्ठ दुई युवाले शुक्रबार साँझ ती बालिकाको बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरूले सिसाको बोतल र ढुङ्गा प्रहार गरी बालिकाको हत्याको प्रयास गरेका थिए।

घाइते बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिबार बिहान १ बजेतिर मृत्यु भएको थियो। हत्यामा संलग्न दुई जनालाई प्रहरीले शनिबार बिहानै पक्राउ गरेको थियो। पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.